२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सोनाम ल्होछार मनाइँदै

काठमाडौँ — बौद्धमार्गी समुदायले राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८५५ धुमधामसाथ मनाउने भएका छन् । तामाङ समुदायले सोनाम ल्होछारलाई राष्ट्रिय सांस्कृतिक पर्वका रुपमा मनाउने गर्दछन् ।

सोनाम ल्होछार मनाइँदै

काठमाडौं उपत्यकामा बसोबास गर्ने तामाङहरुले माघ २१ र २२ गते टुँडिखेलमा ल्होछार महोत्सव मनाउने मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले जानकारी गराए । भोटबर्मेली भाषमा ‘ल्हो’ को अर्थ वर्ग र ‘छार’को अर्थ नयाँ भन्ने हुन्छ । अब कुकुर वर्गको चक्र पूरा भई ‘फाग्/ड्वा ल्हो’ अर्थात् सुंगुर वर्गको आरम्भ हुनेछ ।


तामाङ घेदुङको संयोजनमा हुने महोत्सवमा सयभन्दा बढी तामाङ संघ/संस्थाहरूको सहभागितामा सोनाम ल्होछार मूलआयोजक समिति गठन गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । सोनाम ल्होछार महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन् ।


महोत्सवको अवसरमा मैत्रीपूर्ण ल्होछार कप फुटबल प्रतियोगिता, ताम्बा, लामा र बोन्बोबाट साङ्सेरगेम, पूजापाठ, सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिने छ । त्यसैगरी सुंगुर वर्षको स्वागतमा दीपावली गरिने, झाँकी प्रदर्शन, तामाङ कलाकारहरूले गीत, नृत्य प्रस्तुत गर्नेछन् । साथै, दुवै दिने तामाङ खानपीन, भेषभूषा, तामाङ पुस्तक, मौलिक कला, संस्कृति र अन्य महत्वपूर्ण सामाग्रीहरुको प्रदर्शनी गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।


पढौं प्रेस विज्ञप्ति


सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो साास्कृतिक सरोकार । ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक आधार ।।

राष्ट्रिय साास्कृतिक पर्व सोनाम ल्होछार–२८५५ तथा तामाङ साास्कृतिक महोत्सव

(फाग्/ड्वा ल्हो–सुंगुर बर्ग)


आदर्णीय पत्रकार साथीहरु,

तामाङ समुदायको राष्ट्रिय साास्कृतिक पर्व सोनाम ल्होछार–२८५५ (फाग्/ड्वा ल्हो, सुंगुर बर्ष) को पावन अवसरमा काठमाडौं स्थित टुाडिखेलमा २ दिवसीय तामाङ साास्कृतिक महोत्सव सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा समुद्घाटन हुादैछ । यसको लागि २०७५ माघ २१ र २२ गते महोत्सव सम्पन्न गर्न राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको संयोजकत्वमा र नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्वमा लगायत १०० भन्दा बढी तामाङ संघ/संस्थाहरु सम्मिलित सोनाम ल्होछार मूल आयोजक समिति गठन भइसकेको जानकारी गराउन चाहन्छौ । जस अनुसार निम्न कार्यक्रम सञ्चालन हुनेछन् :–


  1. २०७५ माघ २१ गते बिहान ११:३० देखि मैत्रीपूर्ण ल्होछार कप फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।
  2. २०७५ माघ २१ गते दिउासो १:०० बजेदेखि ताम्बा, लामा र बोन्बोबाट साङ्सेरगेम, पूजापाठ, साास्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान तथा महोत्सवलाई विधिवत् शुभारम्भ गरिनेछ ।
  3. २०७५ माघ २१ गते सााझ ६:०० बजेदेखि खि ल्हो (कुकर बर्ष) को बिदाई तथा फाग् ल्हो (सुंगुर बर्ष) को स्वागतमा ल्होछार इभ (दिपावली) गरिनेछ ।
  4. २०७५ माघ २२ गते बिहान ११:०० बजेदेखि रत्नपार्क, शान्ति बाटिकाबाट ताम्बा, लामा र बोन्बो झााकी सहित हजारौको संख्यामा आ–आफ्नो संस्थाको ब्यानरमा र्‍याली सुरु गरिनेछ ।
  5. २०७५ माघ २२ गते दिउासो १२:०० बजेदेखि कार्यक्रमको समुद्घाटन, शुभकामना मन्तब्य, झााकी प्रदर्शनी तथा दिनभर तामाङ कलाकारहरुद्वारा आकर्षक तामाङ गीत, नृत्य र साहित्य प्रस्तुत गरिनेछ ।
  6. कार्यक्रम अवधिभर (२ दिन) विभिन्न स्टलहरुमा तामाङ खानपीन, भेषभूषा, तामाङ पुस्तक, मौलिक कला, संस्कृति र अन्य महत्वपूर्ण सामाग्रीहरुको प्रदर्शनी तथा स्वास्थ्य शिबिर निरन्तर सञ्चालन हुनेछ ।
  7. २०७५ माघ २२ गते सााझ ७:०० बजे मूल समारोहको आयोजनामा हुने सम्पूर्ण कार्यक्रमलाई समापन गरिनेछ ।


मुल समारोह समिति

आयोजक

पत्रकार सम्मेलन मिति : २०७५/१०/१५ गते


प्रकाशित : माघ १५, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?