श्लेष्मान्तकमा कंक्रिट : आर्थिक चलखेलको आरोप 

दामोदर न्यौपाने

काठमाडौँ — पशुपति क्षेत्रको मुख्य वन सम्पदा श्लेष्मान्तकको मौलिक स्वरूप पशुपति क्षेत्र विकास कोषले धमाधम मास्दै छ । श्लेष्मान्तको केही स्थानमा कुलो खनिराखेको छ भने कतै कंक्रिट बिछ्याइराखेको छ । परिपथ बनाउने भन्दै सम्पदा क्षेत्रमा कंक्रिट ओछ्याइएको छ । 

श्लेष्मान्तकमा कंक्रिट : आर्थिक चलखेलको आरोप 

पशुपति मन्दिरका मुख्य भण्डारी केदारमान भण्डारीले कोषका सदस्य सचिव प्रदीप ढकालले आर्थिक चलखेलका लागि कंक्रिट लगाउने निर्णय गरेको अरोप लगाए । ऐतिहासिक जंगलमा पार्क बनाउने योजना ढकालको भएको दाबी गर्दै उनले जंगलका लिच्छविकालीन सम्पदामा आँखा लगाएको बताए ।

तीन महिना पहिला कुनै जानकारी नदिइ उक्त क्षेत्रमा बाटो लगायतका संरचना बनाउन थालेपछि विभागले जानकारी मागेको थियो । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार रोकेपछि फेरि काम सञ्चालन गर्न अनुमति दिएको छैन । ‘हामीले अनुमति दिएका छैनौं,’ कुँवरले भने, ‘पुरातात्त्विक मूल्य मान्यताविपरीत काम गर्ने गरी हामी अनुमति दिँदैनौं ।’ कोषका सदस्य सचिव ढकालले भने यसबारेमा कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘मलाई केही पनि भन्नु छैन,’ ढकालले कान्तिपुरसँग भने ।

कोषले श्लेष्मान्तकमा आउनेलाई घुम्न सजिलोका लागि भन्दै बाटो बनाइरहेको हो । जंगल क्षेत्रमा विश्वरूपा मन्दिरको प्रांगण र त्यसको अगाडिको भागमा कंक्रिट बिछ्याइसकिएको छ । कोषले पूरै जंगललाई नै पार्कका रूपमा विकास गर्ने योजना बनाएको कोषका उच्च अधिकारीले जानकारी दिए ।

‘श्लेष्मान्तक, वनकाली र भण्डारखाल बगैंचालाई जोड्ने योजना हो,’ ती अधिकारी भन्छन्, ‘तिलगंगाको केही बस्तीले गर्दा कुरा मिलेको छैन । बस्तीको कुरा मिलेपछि यो योजना अगाडि बढ्छ ।’ पुरातत्त्व विभागले ७० मिटर लामो र ४ मिटर चौडाइको बाटोमा ढलान गरिएको छ ।

विभागले त्यहाँ बनाइएका सबै कंक्रिटका संरचना हटाउन लगाउने जनाएको थियो । तर पुरातत्त्व आफ्नो यो अडानबाट पछि हटेको छ । ‘राज्यको पैसा खर्च भएको छ । कोषका पूर्वसदस्य सचिव सुशील नाहाटा श्लेष्मान्तक क्षेत्रमा पार्क बनाउनु उचित नभएको बताउँछन् । उनले वनको धार्मिक र आध्यात्मिक महत्त्व भएकाले संरक्षण गर्नुपर्ने बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?