१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कक्षा व्यवस्थापनको माग गर्दै तालाबन्दी 

काठमाडौँ — आमसञ्चार तथा पत्रकारिताअन्तरगत स्नातकोत्तर तहको दोस्रो सेमेष्टरका विद्यार्थीहरुले त्रिवि आमसञ्चार तथा पत्रकारिता विभागमा तालाबन्दी गरेका छन् ।

कक्षा व्यवस्थापनको माग गर्दै तालाबन्दी 

पहिलो सेमेष्टर देखि नै कक्षा कोठाको व्यवस्था नभएको र बेलाबेलामा कोठा परिवर्तन गर्दा पढाईमा अवरोध पुगेको भन्दै उनीहरुले बिहीबार प्रदर्शनी मार्गस्थित विभाग कार्यालयमा तालाबन्दी गरेका हुन ।


पढाई हुँदै अाएकाे काेठा अारअार कलेज व्यवस्थापनले बन्द गरे पछि विद्यार्थीहरु अान्दाेलित भएका हुन । उनीहरुले माग सम्बोधन नभएसम्म तालाबन्दी नखुल्ने चेतावनी दिएका छन् ।

प्रकाशित : मंसिर २०, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?