१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

रानीपोखरी विवाद सुल्झिएन

काठमाडौँ — रानीपोखरीको बालगोपालेश्वर मन्दिर विज्ञको सुझावविपरीत पुरातत्त्व विभागले पुनर्निर्माण सुरु गरेपछि उत्पन्न विवाद जटिल बन्दै गएको छ । प्रताप मल्लकालीन गुम्बज शैलीमा बनाउन माग गर्दै सम्पदा संरक्षण अभियन्ताले दबाब दिएपछि काम फेरि रोकिएको छ ।

रानीपोखरी विवाद सुल्झिएन

यसको निर्माणबारे सहमित जुटाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्त्व विभाग, विज्ञ, अभियन्ता लगायतसँग छलफल गर्‍यो । तर सहमति भने जुटेन ।


छलफलका क्रममा केही विज्ञले रानीपोखरी मल्लकालीन शैलीमा बनाउनुपर्ने धारणा व्यक्त गरे भने केहीले पुनर्निर्माणलाई अवसरका रूपमा लिँदै पहिलेकै शैलीमा बनाउनुपर्ने बताए । ‘रानीपोखरी गैरजिम्मेवार रूपमा निर्माण रोकिएको छ,’ विज्ञ समितिका सदस्य प्राध्यापक सुदर्शनराज तिवारीले भने, ‘समितिले सरकारलाई दिएको प्रतिवेदनमा उल्लेख भएअनुसार काम भएकाले यसलाई पुरातत्त्व विभागको स्टान्डर्डअनुसार बनाएको भन्न मिल्दैन ।’


केही विज्ञले त्यसमा फरक धारणा राखे । ‘रानीपोखरीलाई प्रताप मल्लको शैलीमा बनाउने हो भने उपत्यकाको अन्य सम्पदा पनि पुरानै शैलीमा बनाउनुपर्छ,’ इतिहासविद् रमेश ढुंगेलले भने । उनको भनाइको तिवारीले प्रतिवाद गरे । पुरातत्त्वविद् साफल्य अमात्यले अहिलेको पुस्ताले जस्तो देखे, त्यही शैलीमा बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?