२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२
उपत्यका

National

तलब कम भएपछि काठमाडौंका जनप्रतिनिधि असन्तुष्ट

प्रदेश सरकारले निर्धारण गरेको तलब सुविधाप्रति काठमाडौं महानगरका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाउँदै आएका छन् । प्रदेश सरकारले निर्धारण गरेको तलब कम भएको भन्दै जनप्रतिनिधिले सपथ लिएको १४ महिना बित्दासम्म एक रुपैयाँ पनि तलब लिएका छैनन्। 

तलब कम भएपछि काठमाडौंका जनप्रतिनिधि असन्तुष्ट
भाद्र १७, २०७५

अनलाइनकी प्रबन्ध निर्देशक सापकोटा रिहा

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएर थुनामा पठाइएकी अनलाइनकी प्रबन्धक एवं निर्देशक प्राप्ती सापकोटालाई धरौटीमा रिहा गरेको छ । सात दिन थुनामा बसेपछि उनी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् ।

अनलाइनकी प्रबन्ध निर्देशक सापकोटा रिहा

सर्पदंशका बिरामी बढे

राजधानीका अस्पतालमा सर्पले टोकेका बिरामीको संख्या केही दिनयता ह्वात्तै बढेको छ । वर्षायामसँगै सर्पको बिगबिगी बढेपछि बिरामीको संख्यामा वृद्धि भएको हो । अस्पताल आउने बिरामी उपत्यका आसपासका ग्रामीण भेगका बढी छन् ।

सर्पदंशका बिरामी बढे

पहिरोको जोखिम

भक्तपुरमा स्थानीय तहको स्वीकृतिबिना नै जग्गा प्लटिङ गरिएको पाइएको छ । मापदण्डविपरीतको प्लटिङका कारण सूर्यविनायक नगरपालिका–८ नैचाल बैदरटोल पहिरोको जोखिममा परेको छ ।

पहिरोको जोखिम
भाद्र १६, २०७५

पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

मूलपानीबाट रत्नपार्क आइरहेको बसले पेप्सीकोलामा मोटरसाइकल र स्कुटीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । 

पेप्सीकोलामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

गोप्य मन्दिर बनाउन विदेशी गुहारिँदै

हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्छ आगम्छे । शाहवंशभरि बन्द रहेको मन्दिर हाल पनि बन्दै छ । तान्त्रिक दीक्षा पाएका बाहेक कोही छिर्न नहुने मान्यता रहेको मन्दिर जीर्णाेद्धार गर्न पुरातत्त्व विभागले जापानलाई दिने तयारी गरिरहेको छ ।

गोप्य मन्दिर बनाउन विदेशी गुहारिँदै

बाहिरी चक्रपथ: मापदण्डविपरीत कित्ताकाट

सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा तोकिएको सडकसीमाभित्र ‘ल्यान्ड पुलिङ’ मापदण्डविपरीत जग्गा कित्ताकाट गरिएको भन्दै उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण मागेको छ ।

बाहिरी चक्रपथ: मापदण्डविपरीत कित्ताकाट
भाद्र १५, २०७५

जमिन फाटेपछि ४ घर भत्किए, १४ घर धरापमा

बुढानिलकण्ठ नगरपालिका विष्णुमति टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेको बुढानिलकण्ठ प्रहरी प्रभागका टोपबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार १४ परिवार विस्थापित भएका छन् । घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जमिन फाटेपछि ४ घर भत्किए, १४ घर धरापमा

मनपरी भाडा असुली

सरकारले जोर विजोर सवारीसाधन चलाउने नियम लागू भएको अवसर पारेर ट्याक्सी तथा सार्वजनिक यातायातमा मनपरी भाडा असुलिएको यात्रुको गुनासो छ । 

मनपरी भाडा असुली

मेलम्ची खानेपानी आयोजना: फोहोर पानी प्रशोधन केन्द्र बन्दै

मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणमा निर्माणाधीन ६ वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानीमात्र प्रशोधन गर्ने जनाएको छ । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानी प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत भइरहेको छ ।

मेलम्ची खानेपानी आयोजना: फोहोर पानी प्रशोधन केन्द्र बन्दै

रानीपोखरीमा डुब्दै ३ करोड

काठमाडौं महानगरपालिकाले रानीपोखरी निर्माणमा संलग्न ठेकेदारलाई भुक्तानी रकम नदिएपछि सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् । रानीपोखरीलाई प्रताप मल्लले बनाएको शैलीमा निर्माण गर्न हालका विभिन्न संरचना भत्काउनुपर्छ ।

रानीपोखरीमा डुब्दै ३ करोड

नक्सापास नहुँदा विद्यालय भवन निर्माण अलपत्र

भक्तपुर दरबार क्षेत्रको पद्म माध्यमिक विद्यालयको भवन भूकम्पले भत्काएको ३ वर्ष बितिसक्दा पनि निर्माण भएको छैन ।

नक्सापास नहुँदा विद्यालय भवन निर्माण अलपत्र