अनलाइनकी प्रबन्ध निर्देशक सापकोटा रिहा

काठमाडौँ — काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएर थुनामा पठाइएकी अनलाइनकी प्रबन्धक एवं निर्देशक प्राप्ती सापकोटालाई धरौटीमा रिहा गरेको छ । सात दिन थुनामा बसेपछि उनी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी हुन् ।

अनलाइनकी प्रबन्ध निर्देशक सापकोटा रिहा

‘यिनै हुन्– १४ वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गरी हत्या गर्ने प्रहरी । सक्दो सेयर गर्नुहोला’ भन्ने शीर्षकको भ्रामक समाचार आरएमखबर डट कमबाट प्रकाशित गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साउन १६ मा उनलाई पक्राउ गरेको थियो ।


ब्युरोले उनीविरुद्ध जघन्य प्रकृतिको अपराधको अनुसन्धानमा बाधा पुर्‍याउने तथा प्रहरी संगठनको प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेको भन्दै विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।


प्राप्तीका दाइ कृष्ण पौडेलले सोही सामग्री अन्य कैयन् अनलाइनमा देखिए पनि कसैलाई पक्राउ गरिएको कुरा आफूलाई थाहा नभएको बताए । उनले भने, ‘प्रहरीले तपाईंहरू हाम्रो नजरमा पर्नुभयो, त्यसैले पक्राउ पर्नुभयो भन्यो । अरू थाहा भएन ।’

प्रकाशित : भाद्र १७, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?