त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर सेमेस्टर प्रणाली सुरु गरेपछि नेपालभाषा (नेवारी) पढ्नेको संख्या बढेको छ । यतिखेर नेपालभाषा स्नातकोत्तर तहमा २२ जना विद्यार्थी पढ्दैछन् भने सातजनाले विद्यावारिधी शोध गर्दैछन् ।
चाँगुनारायण–६ नगरकोटका विकास तामाङ बागेश्वरी कलेज च्याम्हासिंहमा अध्ययन गर्छन् । कमल विनायकदेखि नगरकोटसम्मको करिब १२ किलोमिटर दूरीको यात्रा गर्न उनलाई निकै कष्टकर हुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको शनिबार निरीक्षण गरेकी छन् । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पुर्याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको हो ।
कलंकी चोकमा शुक्रबार भेटिएका ट्याक्सीचालक वसन्त लामा अन्डरपास (भूमिगत बाटो) ले ट्राफिक जाममा कमी आउनेमा ढुक्क देखिन्थे । ५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका उनी कलंकीदेखि कालीमाटीसम्म दैनिक हुने ट्राफिक जामले आजित भइसकेका थिए ।
बिहीबार दिउँसो नुवाकोटको सिसडोलमा फोहोर बोकेका टिपर र ट्रक सडकमा लाम लागेका थिए । केही चालक चर्को घामबाट बच्न छहारीमा बसेका थिए भने कोही गाडीभित्रै गीत बजाएर आराम गरिरहेका देखिन्थे ।
नेवार समुदायको सांस्कृतिक पर्व लाखेजात्रा मनाउन सुरु भएको छ । उपत्यकामा गठेमंगल पर्व र पूर्वी पहाडका जिल्लाहरुमा नागपञ्चमीको दिनबाट औपचारिक रुपमा सुरु भएको छ ।
केही दिनअघि सुन्धाराबाट दिउँसो सवा एक बजे टोखा जान छुटेको १२ सिटे सानो माइक्रोमा १९ यात्रु थिए । चालकको सिट पछाडि उल्टोपट्टि ४ जना र ढोकासँगै थपिएको सिटमा ३ गरी १९ यात्रु माइक्रोमा थिए ।