१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साउदी जेलमा रहेका नेपालीको रिहाइका लागि ६७ लाख हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि सङ्कलन गरिएको ६७ लाख रुपैयाँ सरकारलाई हस्तान्तरण गरिएको छ । 

साउदी जेलमा रहेका नेपालीको रिहाइका लागि ६७ लाख हस्तान्तरण

दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तीमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले रकम हस्तान्तण गरे ।


उक्त रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पुर्‍याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया सुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।


मन्त्री ज्ञवालीले ब्लडमनी रकम साउदी अरब पुर्‍याएर दिलबहादुरलाई जति सक्दो चाँडो नेपाल ल्याउने आश्वासन दिए ।

प्रकाशित : श्रावण ३१, २०७५ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?