२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पोखरीमा डुबेर मृत्यु

कान्तिपुर संवाददाता

भक्तपुर — ऐतिहासिक विष्णुकुण्डल पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मध्यपुर थिमि ४ विष्णुकुण्डल पोखरीमा पौडी खेल्ने क्रममा डुबेर जुगल गाउँपालिका–५ बराम्ची सिन्धुपाल्चोक घरभई मध्यपुर थिमि भिमसेन चोक बस्ने १७ वर्षीय विवेक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पोखरीमा डुबेर मृत्यु

आइतबार साथीहरूसँग पौडी खेल्न गएका अधिकारी गाडिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त ठिमी प्रमूख डीएसपी मिलन केसीले बताए । सँगै पौडी खेलेकाहरू पोखरीबाट निस्किँदा उनी ननिस्किएपछि प्रहरी, स्थानीयको सहयोगमा खोजतलास गर्दा मृत भेटिएको प्रहरीको भनाइ छ ।

प्रकाशित : श्रावण २७, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?