१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

विश्व कीर्तिमानका लागि प्रवचन

कान्तिपुर संवाददाता

काठमाडौँ — योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने भएका छन् ।

विश्व कीर्तिमानका लागि प्रवचन

नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले नेपालीको गौरवपूर्ण इतिहास रच्न आफूले आगामी भदौ ११ गतेदेखि विश्वको सबैभन्दा लामो प्रवचन दिन लागेको जानकारी गराए ।


यसअघि भारत केरलाका केपी भल्सराजनको ८१ घण्टा १६ मिनेट निरन्तर प्रवचन दिएको विश्व कीर्तिमान कायम भएको छ । निरन्तर प्रवचनको क्षेत्रमा आफूले नयाँ कीर्तिमान राख्ने तयारीमा लागेको केसीले बताए । उनले आगामी भदौ ११ गते बिहान ६ बजेदेखि गोकर्णेश्वर नपा–५ जोरापाटीस्थित इस्टकोल माविमा बेलायतबाट आउने गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिधिनिकाबीच आफ्नो प्रवचन सुरु गर्नेछन् ।


सतहत्तर जिल्ला र भारतको छ वटा प्रान्त गरी कूल १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरेका योगसाधक केसीले यसअघि २१ दिनको जलउपवास, छ महिनाको मौन साधना र नौ दिनको भूतपस्यासमेत गरिसकेका छन् । विश्वकै लामो प्रवचन दिई विश्व कीर्तिमान राख्ने उद्देश्यले उनले यसअघि नै ८८ घण्टा लामो प्रवचन दिएका थिए । तर, प्राविधिक समस्याका कारण उनको उक्त प्रवचन गिनिज बुकमा कायम हुनसकेको थिएन ।


विश्वको सबैभन्दा लामो दाबी गरिएको वक्तव्य/प्रवचनका बारेमा जानकारी दिन शनिबार यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा रामशरण महतले विश्व कीर्तिमान राख्न गरिने यस प्रकारको कर्मले नेपाल र नेपालीको शिर उँचो बनाउने बताए ।


उक्ता अवसरमा कांग्रेस नुवाकोटका सभापति जनदीशनरसिंह केसी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्की, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायतले विश्वको सबैभन्दा लामो प्रवचन दिई नेपाल र नेपालीको तर्फबाट विश्व कीर्तिमान कायम राख्न योगसाधक केसीलाई शुभकामना दिएका थिए ।

प्रकाशित : श्रावण २६, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?