कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कान्तिपुरकर्मी मियाँ पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — वन संरक्षण र वातावरीय मुद्दामा कलम चलाएबापत वन तथा वातावरण मन्त्रालयले कान्तिपुरकर्मी अब्दुल्लाह मियाँलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

कान्तिपुरकर्मी मियाँ पुरस्कृत

सामुदायिक वन दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मियाँसहित गोरखापत्रकी धनकुटा संवाददाता कोकिला भण्डारीलाई सम्मानपत्र प्रदान गरेका हुन् । पुरस्कारको राशि जनही २५–२५ हजार छ । वन तथा भू-संरक्षण विभागले गत वर्षदेखि एक महिला र एक पुरुषलाई सामुदायिक वन पत्रकारिता पुरस्कार दिन थालेको हो ।


दिवसका अवसरमा मन्त्रालयले सामुदायिक, साझेदारी, निजी वन र कबुलियती वन संरक्षणमा योगदान पुर्‍याएका समूह र व्यक्तिलाई पनि पुरस्कार प्रदान गरियो । वन तथा भू-संरक्षण विभागले संयोजन गरेको पुरस्कार ५ विधामा १४ वटा पुरस्कार प्रदान गरिएको हो ।


गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ पाल्पाको अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहलाई एक लाख, अर्घाखाँचीको घिरीखोला सामुदायिक वन उपभोक्ता समूहलाई ७५ हजार र कपिलवस्तुको विरपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहलाई ५० हजार र मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूह तथा नवलपुरको धुसेरी सामुदायिक वन उपभोक्ता समूहलाई २५–२५ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।


यस्तै, कवुलियती वन राष्ट्रिय पुरस्कारतर्फ पाँचथरको ठाडो नागी कवुलियती वन समूहलाई एक लाख, नवलपुरको सितलपोखरी कबुलियती वन समूहलाई ७५ हजार र प्युठानको हार्वुङ्गदीप कवुलियती वन समूहलाई ५० हजार रुपैयाँ राशिको पुरस्कार दिइएको छ ।


निजी वन राष्ट्रिय पुरस्कारतर्फ झापाको दुर्गाप्रसाद प्रसाईंलाई ७५ हजार, कैलालीका मुकुन्द पाण्डेलाई ५० हजार र इलामका रघुनाथ तिम्लिसिनालाई ३० हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।

साझेदारी वन राष्ट्रिय पुरस्कार कपिलवस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।

प्रकाशित : श्रावण २५, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?