बेस क्याम्पसम्मै पदमार्ग

धादिङ — जिल्लाको सबैभन्दा उचाइको प्याल्दोर पिक बेसक्याम्प पुग्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । नेपाल पर्वतारोहण संघको आर्थिक सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।

बेस क्याम्पसम्मै पदमार्ग

श्रमदानसहित करिब १५ लाख रकममा बनाइएको पदमार्गबाट प्याल्दोर पिक ५ घण्टामै पुग्न सकिने संघका महासचिव कुलबहादुर गुरुङले बताए । उनका अनुसार प्याल्दोर पिक पर्वतारोहण गर्न चाहनेका लागि उपयुक्त प्रशिक्षणस्थल हुन सक्छ । बेसक्याम्पमा टानले गाइडलगायत पर्यटक बास बस्ने भवन निर्माण गरिसकेको छ ।

उक्त पर्यटकीय पदमार्गलाई व्यवस्थित गर्न स्थानीय संस्था उच्च पहाडी क्षेत्र संरक्षण अभियानसँगको सहकार्यमा पर्यटन बोर्डको १५ लाख र संघको ५ लाख अनुदानमा पर्यटक सूचना केन्द्र निर्माणाधीन छ ।

दुर्गम क्षेत्र विकास समितिले १५ लाख खर्चेर चालु आवमै तिप्लिङमा पर्यटकीय पदमार्गको निर्माणकार्य सम्पन्न गरेको छ । गणेश हिमाल पर्यटन व्यवसायी संघको सक्रियतामा गणेश हिमाल बेसक्याम्पको पदमार्ग अध्ययन तथा पहिचानका लागि एक टोली त्यसतिर प्रस्थान गरिसकेको छ ।

प्रकाशित : असार १८, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?