कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मत परिणामका सबै रिट खारेज

ओखलढुंगा — उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा स्थानीय तहको मत परिणाम बदर माग गर्दै परेका सबै रिट निवेदन खारेज भएका छन् । अदालतको कार्यक्षेत्रभित्र पर्ने उदयपुर, ओखलढुंगा र सोलुखुम्बुबाट सातवटा रिट निवेदन परेका थिए ।

मत परिणामका सबै रिट खारेज

ती सबै रिट खारेज भएको उच्च अदालतका सूचना अधिकारी ईश्वर आचार्यले बताए ।


मत परिणामकै विषयलाई लिएर दर्ता भएका थप तीन मुद्दामध्ये एक फिर्ता र एक खारेज भएका छन् । उत्प्रेषण, परमादेश र निषेधाज्ञाबाट निर्वाचन परिणाम बदर, पुन: मतगणना र पुन: मतदानको माग गरी रिट दर्ता भएका थिए । थप तीन मुद्दा भने निर्वाचन बदर र निर्वाचित व्यक्तिको योग्यतासँग सम्बन्धित थिए । सोलुखुम्बु जिल्लाको अयोग्यतासम्बन्धी एक मुद्दा मात्र अदालतमा विचाराधीन छ । मत परिणाम अस्वीकार गर्दै ओखलढुंगाबाट चार, सोलुखुम्बु र उदयपुरबाट ३/३ वटा मुद्दा दर्ता भएका थिए ।

प्रकाशित : असार १७, २०७५ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?