कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

इक्यानमा दुई समूह प्रतिस्पर्धामा

काठमाडौँ — शैक्षिक परामर्श संघ (इक्यान)को शनिबार हुने निर्वाचनमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।
काठमाडौंमा हुने निर्वाचनका लागि विष्णुहरि पाण्डे र सरोजकुमार बस्नेतको समूह प्रतिस्पर्धामा आएका हुन् ।

इक्यानमा दुई समूह प्रतिस्पर्धामा

पाण्डे समूहको उपाध्यक्षमा देवीदास भट्टराई, खडगबहादुर ताल्मिङ लिम्बु, सपना राजभण्डारी छन् । महासचिवमा शेषराज भट्टराई सचिवमा शयामबहादुर कँडेल र दीपकराज भुसाल छन् । कोषाध्यक्षमा गोविन्द अधिकारी र सहकोषाध्यक्षमा निरुपमा महर्जन छन् ।


त्यस्तै बस्नेत समूहको उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना, उमेश ढुङगेल प्रतिस्पर्धामा छन् । महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा ज्ञानेन्द्रमान जोशी, विक्रम केसी छन् । कोषध्यक्षमा सूर्यबहादुर डाँगी र सहकोषाध्यक्षमा राकेश श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् ।


इक्यानको अब हुने निर्वाचनले कार्यकारी सदस्यसहित १७ सदसीय कार्यसमिति चयन गर्नेछ । पाण्डे समूहले समृद्ध र स्मार्ट इक्यानको अवधारणा अघि सारेको छ । सर्वसाधरणदेखि सरकारले समेत परामर्श व्यवसायलाई नकारात्मक रुपमा हेर्ने गरेकोले यसलाई चिर्ने गरी काम गर्ने मुख्य मुद्दा बनाइएको महासचिवका प्रतिस्पर्धी भट्टराईले बताए । व्यवसायी मैत्री र विद्यार्थीको लगानी सुरक्षित गर्ने गरी कानुन बनाउन लागि पर्ने अर्को मुद्दा पनि आफ्नो समूहको रहेको उनले बताए । विश्वका विश्वविद्यालयसँग सरोकार राख्ने इक्यानको कार्यालयलाई कर्पोरेट प्रणालीमा लैजाने उनले बताए ।


बस्नेत समूहले भने २४ महिना २४ कामको अवधारणा अघि सारेका छन् । राज्य संयन्त्रसँगको आबद्धता, विश्वव्यापी सम्बन्ध विस्तार गर्ने, व्यवसाय केन्द्र गठन गर्ने, व्यवसायी मैत्री कानुन बनाउन लागि पर्ने मुद्दा उठाएको उपाध्यक्षका उम्मेदवार महेशबाबु तिमल्सिनाले बताए । सम्भावित गन्तव्यहरुको पहिचान गरी विभागको गठन गर्ने योजना समेत रहेको उनले बताए । यो समूहले कुन-कुन काम गर्ने भन्ने योजना समेत सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : वैशाख ४, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?