सरकारीलाई निजी स्कुलको हाराहारीमा लैजान्छौं : मेयर थापा

काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले आफ्नो नगर क्षेत्रका सरकारी विद्यालयलाई निजीको हाराहारीमा लैजाने प्रतिबद्धता जनाएका छन् ।

सरकारीलाई निजी स्कुलको हाराहारीमा लैजान्छौं : मेयर थापा

‘निजी क्षेत्र र सरकारीलाई एउटै बाटोमा हिँडाउने गरी हामीले भिजन तयार गरेका छौं’ नगरपालिकाको काँडाघारीस्थित अक्षरा स्कुलको सातौं स्थापना दिवस तथा भूकम्प प्रतिरोधी भवनको उद्घाटन गर्ने क्रममा मेयर थापाले भने, 'देश संघीयतामा गएपछि जिल्ला शिक्षा कार्यलयले हेर्दै आएको शिक्षाको अधिकार स्थानीय सरकारलाई गएको छ ।


‘हाम्रो नगरपालिकाकामा ४० वटा निजी स्कुल रहेछन्', मेयर थापाले भने, ‘के कस्तो अवस्था छ भनेर अध्ययन गरिराखेका छौं ।’ नगरपालिका भित्रका स्कुलका शुल्क निर्धारण गर्ने अधिकार समेत स्थानीय सरकारलाई छ ।


काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा.सुरेशराज शर्माले आजकाल मुलुक बाहिरको ज्ञान दिएकोले आफैंलाई चिनाउने शिक्षा दिनु पर्नेमा जोड दिए । ‘अब मुलुक बनाउने ज्ञान दिनु पर्‍यो । सिप दिनु पर्‍यो,’ शर्माले भने, ‘काम गर्ने अठोट ज्ञानले दिन्छ । हामीले ज्ञान दिएका छौं । अब आफैंलाई चिनाउनु पनि पर्छ ।’


सरकारले मात्रै होइन नागरिकले पनि केही गर्न सक्छन् भन्ने उदाहरण काठमाडौं विश्वविद्यालयमा देखाइएको उनले बताए । ‘जनतासँग पनि केही गर्न तागत हुन्छ,’ उनले भने ।


स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले सरक्षित र बालमैत्री सिकाइमा स्कुलले ध्यान दिएको बताइन् । ‘कठिनाइ र चुनौती छन् । त्यसका बाबजुत पनि बालबालिकालाई केन्द्रमा राखेर हामी अघि बढेका छौं’, उनले भनिन् ।

प्रकाशित : चैत्र ३, २०७४ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?