प्रतिनिधिसभा र राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ पारित


काठमाडौँ — प्रतिनिधिसभाको अन्तरिम कार्यविधि–२०७४ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको पहिलो बैठकले अन्तरिम कार्यविधि पारित गरेको हो ।


यसैगरी सोमबार कै बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि–२०७४ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम मनोनयन गरेको छ । जसमा, खगराज अधिकारी, मनबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगरियालाई मनोनित गरिएको छ ।
यसैगरी राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ पनि आजै पारित भएको छ ।
बैठकले राष्ट्रिय सभाको अन्तरिम कार्यविधि–२०७४ अनुसार अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न पर्शुराम नेघि गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्ललाई मनोनयन गरेको छ ।
दुवै सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । दुवै सभाको बैठक मंगलबार विहान ११ बजेका लागि बोलाइएको छ ।
