१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

समावेशी सञ्चारका लागि शनिबार मिडिया फेस्टिभल हुने

ललितपुर — यसै साता ललितपुरमा ‘समावेशी सञ्चारका लागि मिडिया फेस्टिभल–११३८’ गरिने भएको छ । 
नेवा: पत्रकार राष्ट्रिय दबूले मंगलबार पत्रकार सम्मेलन गरी ‘व्यावसायिक पत्रकारिताको आधार, समावेशी सञ्चार’नारासहित मिडिया फेस्टिभलबारे जानकारी दिएको हो ।

समावेशी सञ्चारका लागि शनिबार मिडिया फेस्टिभल हुने

महोत्सव यही पुस २२ गते शनिबार पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैंचामा हुनेछ ।


‘नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिहरु, पत्रकारिता क्षेत्रका विज्ञ, समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने विविध सामुदायिक संस्थाका प्रतिनिधिहरु सम्मिलित गराएर समावेशी सञ्चारका विषयमा बहस गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागेका हौं,’ समावेशी सञ्चारका निम्ति नयाँ अभ्यास थालेको उल्लेख गर्दै पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले भने, ‘भिन्न विचार र सोचलाई निषेध नगरी सबै खाले विचार अटाउनु पर्ने सन्देश प्रवाह गर्न यस महोत्सवको मुख्य सार हुनेछ ।’नेपालभाषा (नेवारी) नेपालीपछि सबैभन्दा समृद्ध भाषाका रुपमा लिइन्छ ।


महोत्सवमा मातृभाषा पत्रिकारिता र नेवार संस्कृतिका विरासत बोकेका संस्कृतिविद् सत्यमोहन जोशीलाई विशेष सम्मान गरिने छ । फेस्टिभलमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अन्तर्गतका विभिन्न सञ्चार संघ संस्थाको सहभागिता रहने छ । समावेशी सञ्चारको अवधारणा, मातृभाषा पत्रकारिता र स्थानीय पत्रकारिताको विकासका लागि स्थानीय तह र प्रदेशको भूमिकाबारे अन्तरक्रिया गरिने फेस्टिभलका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले जनाएका छन् । साथै, महोत्सव अवधिमा नेपालभाषालगायत विभिन्न भाषाका ऐतिहासिक पत्रपत्रिका प्रदर्शनी, पत्रकार, स्तम्भकारहरुको अन्तरक्रिया हुनेछ । महोत्सवमा पत्रकार महासंघ, फोनिज, मधेसी पत्रकार समाज, नेपाल प्रेस काउन्सिललगायत सञ्चारसँग सम्बन्धित संघ संस्थाको सहभागिता रहने जनाइएको छ ।


सात वर्षअघि स्थापित पत्रकार दबू देश विदेशमा रहेका नेवार पत्रकारहरूको साझा संगठन हो । दबूले नेपाल पत्रकार महासंघको संस्थापक अध्यष सत्यनारायणबहादुर श्रेष्ठलाई औपचारिक मान्यता दिनका निम्ति अभियान सञ्चालन गरिरहेको छ ।


प्रकाशित : पुस १८, २०७४ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?