३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रेसमाथि हस्तक्षेप भन्दै प्रेस सेन्टरको आपत्ति

काठमाडौँ — प्रेस सेन्टर नेपालले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेससम्बन्धी मौलिक हक र प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रमाथि नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ

प्रेसमाथि हस्तक्षेप भन्दै प्रेस सेन्टरको आपत्ति

प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटाले आइतबार विज्ञप्तिमार्फत प्रहरीले संविधानको मर्म र भावनाविपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध पाँच सञ्चारमाध्यम र ती सञ्चारमाध्यमका सम्पादकलाई समाचारको स्रोत खोल्न काटेको पत्रप्रति आपत्ति जनाएको हो । पूर्वप्रहरी नायब महानिरीक्षक एवं नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई महानगरीय प्रहरी परिसर काठमाडौँले आदेशको शैलीमा काटेकोमा सेन्टरले आपत्ति जनाएको हो ।


सम्बन्धित समाचारको स्रोत माग्दै पत्रचार गर्नु निन्दनीय र खेदजनक भएको भन्दै महासचिव सापकोटाले जारी गर्नुभएको विज्ञप्तिमा प्रेस विरोधी गर्ने दोषीलाई छानबिन गरी कारबाही गर्न माग गरेको छ । सेन्टरले स्वतन्त्र र भयरहित पत्रकारिता गर्नसक्ने वातावारण बनाउन सरकारलगायत सम्बन्धित सबैसँग माग गरेको छ ।


प्रकाशित : पुस ९, २०७४ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?