कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आमाद्वारा छोरीको हत्या

दमक — मोरङको पथरीशनिश्चरे-१० स्थित भुटानी शरणार्थी शिविरमा एक महिलाले आफ्नै तीन दिने शिशुको हत्या गरेकी छन् । इलाका प्रहरी कार्यालय पथरीका अनुसार शनिश्चरे शिविर सेक्टर ‘बी’ हट नम्बर १० की २७ वर्षीया लक्ष्मी गुरुङले तीन दिने छोरीको हत्या गरेकी हुन् । 

आमाद्वारा छोरीको हत्या

शुक्रबार राति ११ बजे दूध खुवाउने क्रममा रोएपछि लक्ष्मीले हिर्काएर शिशुको हत्या गरेको प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले बताए । उनका अनुसार घरमा एक्लै रहेकी लक्ष्मीले शिशुको मुखमा मुक्का प्रहार गरेकी थिइन् । मुक्का प्रहारबाट शिशुको घटनास्थलमै मृत्यु भएको थियो ।


छिमेकीकोमा गएका श्रीमान बरुण गुरुङ्गले घर फर्किएर छोरीबारे सोधीखोजी गर्दा लक्ष्मीले आफूले मारेर फालेको बताएकी थिइन । लक्ष्मीले शिशुको हत्या गरी शिविर नजिकैको पैनीमा लगेर फालेकी थिइ्न । घटनालगत्तै लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रीमान बरुणका अनुसार लक्ष्मीले मानसिक रोगको औषधी सेवन गर्दै आएकी छिन् ।

प्रकाशित : पुस ८, २०७४ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?