कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

क्षेत्रीय प्रशासन कार्यालयमा घेराउ

धनकुटा — प्रदेश नं.१ को राजधानी धनकुटालाई कायम गरिनु पर्ने भन्दै स्थानीयबासीले आइतवार पुर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका छन् ।

क्षेत्रीय प्रशासन कार्यालयमा घेराउ

 

जुलुश सहित सयौको संख्यामा पुगेको समुहले कार्यालयको मुल गेटमा धर्ना दिएको थियो । धर्नासँगै उनीहरुले क्षेत्रीय प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा गृहमन्त्री समक्ष जिल्लालाई राजधानी कायम गरिनु पर्ने व्यहोराको ज्ञापनपत्र बुझाएका छन् । उप क्षेत्रीय प्रशासक सेवन्तराज दाहाल समक्ष ज्ञापनपत्र बुझाएका हुन् । आन्दोलन संघर्ष समिति संयोजक उमेश घिमिरे नेतृत्वको टोलीले उप–क्षेत्रीय प्रशासक दाहाललाई ज्ञापनपत्र हस्तान्तरण गरे । 

 

धर्ना पश्चात आयोजित कोणसभालाई संबोधन गर्दै पाख्रीवास नगरपालिकाका मेयर बिर्षबहादुर राई, आन्दोलन संघर्ष समिति संयोजक घिमिरे, नागरिक समाजका अध्यक्ष द्रोणप्रसाद गुरागाई लगायतले पर्याप्त पुर्वाधार रहेको भन्दै जिल्लामा राजधानी कायम गर्न माग गरेका थिए । यस अघि प्रशासनिक गौडा हुदै पुर्वाञ्चल विकासक्षेत्रको सदरमुकाम समेत रहेकोले पर्याप्त भौतिक संरचना, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले राजधानीका लागि उपयुक्त रहेको वक्ताहरुको दावी थियो ।

 

कार्यालयको हातामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो । विगत तीन दिनदेखि स्थानीयबासीले जिल्लामा प्रदर्शन गर्दै आएका छन् । माग पुरा नहुन्जेल शसक्त आन्दोलन जारी रहने संयोजक घिमिरेले बताए । यसअघि बृहत जनप्रदर्शन र ब्याङ्ग्यात्मक रुपमा मैनबत्ती जुलुश प्रदर्शन गरिएको थियो । 

प्रकाशित : पुस २, २०७४ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?