कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कोमामा रहेका सार्कीको परिवारलाई घर

कान्तिपुर संवाददाता

भक्तपुर — साउदी अरबबाट कोमामा फर्केका रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सामाजिक सञ्जाल अभियानमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीबाट संकलित रकमले चाँगुनारायण नगरपालिका–४, संगम टोलका ४३ वर्षीय रामकृष्ण सार्कीको परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

कोमामा रहेका सार्कीको परिवारलाई घर

वैदेशिक रोजगारीका लागि उनी साउदी अरब पुगेर चार वर्षअघि कोमामा फर्किएका थिए । सार्कीको परिवार ०७२ वैशाखको भूकम्पका कारण घर भत्किएपछि करिब ३० महिनायता कुखुरा पाल्न बनाइएको टहरामा बसेका थिए । सामाजिक सञ्जालबाट दीनदु:खीहरूको सेवामा कार्यरत सामाजिक अभियन्ता ढिकुरपोखरी–६, पाउदुरकोट कास्कीकी सरिता गुरुङले शुक्रबार घर हस्तान्तरण गरेकी हुन् । सामाजिक संकलित रकमबाट चारकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिएको थियो । सार्कीको आवास पुनर्निर्माणका लागि विभिन्न सामाजिक सञ्जालमार्फत ११ लाख १२ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको उनले बताइन् ।

सार्कीको आवास पुनर्निर्माणका लागि सरिता गुरुङ फाउन्डेसनले डेढ लाख रुपैयाँ सहयोग गरेको उनले बताइन् ।

प्रकाशित : कार्तिक २८, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?