कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल क्लियरिङ हाउसको छैटौं साधारणसभा सम्पन्न

काठमाडौं — नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारण सभाले कम्पनीको आ.व. २०७३/७४ को मुनाफाबाट २०५ नगद लाभांश र २०५ बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

नेपाल क्लियरिङ हाउसको छैटौं साधारणसभा सम्पन्न

साधारण सभाले वाणिज्य बैंक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न श्रीमती उमंग शर्मा (प्रतिनिधि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड), श्रीमती अनुपमा खुञ्जेली(प्रतिनिधि मेगा बैंक नेपाल लिमिटेड) र उज्जवल राजभण्डारी (प्रतिनिधि हिमालयन बैंक लिमिटेड)लाई निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै विकास बैंक र वित्तकम्पनी समूहहरुबाट सञ्चालक समितिमा प्रतिनिधत्व गर्न प्रद्युम्न पोखरेल (प्रतिनिधि मुक्तिनाथ विकास बैंक लिमिटेड) र श्री सुनील पन्त(प्रतिनिधिआई.सी.एफ.सी. फाइनान्स लिमिटेड) लाई निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७३/७४मा कम्पनीले सञ्चालन नाफा २१,१०,३१,२११ र खुद नाफा रु. १३,१९,४५,३५५ गरेको छ । बोनस शेयर वितरणपश्चात् कम्पनीको चुक्तापूाजी १८ करोड हुनेछ । कम्पनीमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथावित्तीय संस्थाहरुको र १०% स्मार्ट च्वाइस टेक्नोलोजिज्प्रा.लि.को शेयर स्वामित्व रहेको छ ।

प्रकाशित : आश्विन ८, २०७४ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?