२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

वडा सदस्यलाई कालोमोसो

कृष्ण थापा

नुवाकोट — नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका-४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई शनिबार कालो मोसो दलेका छन् ।

वडा सदस्यलाई कालोमोसो

नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित थापालाई शक्तिको दुरुपयोग र पदीय जिम्मेवारीअनुसार कार्य नगरेकोले मोसो दलेर जनकारबाही गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले बताए । ‘उनलाई पटक पटक सुध्रिन भनेका थियौं,’सेक्रेटरी तिमिल्सिनाले भने,‘त्यसपछि कारबाही गरेका हौं ।’पूर्वप्रहरी समेत रहेका थापा स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

गाउँमा अवैधानिक रुपमा औषधि बिक्री वितरण गरी सर्वसाधरणको स्वास्थ्यमाथि खेलबाड गरेको, आर्थिक वर्ष ०६३/६४ मा झोलुङे पुल निर्माणका क्रममा निर्माण समितिको अध्यक्ष हुँदा बजेट अनियमितता गरी पुलको निर्माण सम्पन्न नगरेकोलगायत आरोप थापामाथि छ ।

गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रायणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको आरोपमा मोसो दलेका थिए । सेक्रेटरी तिमिल्सिनाले केन्द्रीय निर्देशन अनुसार जिल्लामा कारबाही थालिएको र यस्ता दर्जनभन्दा बढीलाई कारबाही गरिने समेत बताए ।

प्रकाशित : आश्विन १, २०७४ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?