१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चुनावको दिन २ नम्बर प्रदेशमा विदा, शिक्षण संस्थाहरूमा ५ दिन बन्द

काठमाडौं — सरकारले प्रदेश २ मा असोज २ मा हुने स्थानीय तहको निर्वाचनका दिन ८ वटै जिल्लामा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले निर्वाचन आयोगको सिफारिसअनुरूप चुनावमा एक दिन सार्वजनिक बिदा दिएको हो ।

चुनावको दिन २ नम्बर प्रदेशमा विदा, शिक्षण संस्थाहरूमा ५ दिन बन्द


सरकारले प्रदेश २ का शिक्षण संस्थामा भने ५ दिन बिदा दिएको छ । शिक्षण संस्थामा भदौ ३० देखि असोज ३ सम्म ५ दिन बिदा दिइएको छ । अधिकांश मतदान केन्द्र विद्यालयमा राखिएको उल्लेख गर्दै आयोगले शिक्षण संस्थाहरूमा ५ दिन बिदा दिन सरकारलाई आग्रह गरेको थियो ।

प्रकाशित : भाद्र २६, २०७४ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?