विप्लव समुहका नेता पक्राउ

धनकुटा — स्थानीय तहको निर्वाचनका गतिविधि खलल पार्न सक्ने भन्दै प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का दुई स्थानीय नेतालाई सोमवार धनकुटाबाट नियन्त्रणमा लिएको छ ।

विप्लव समुहका नेता पक्राउ

उक्त समुहका जिल्ला इन्चार्ज आकाश शर्मा र धनकुटा नगर सेक्रेटरी राजन अधिकारीलाई जिल्लाको सिधुवा बजार नजिकबाट नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एस्पी सुदिप राजभण्डारीले जानकारी दिए । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको जनाईएको छ ।

प्रकाशित : असार ५, २०७४ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?