हात्तीपाइले नियन्त्रण भएन

म्याग्दी — हात्तीपाइले रोगविरुद्धको राष्ट्रिय औषधि वितरण अभियान प्रभावकारी नहुँदा जिल्लामा समस्या यथावत् देखिएको छ ।

रोगविरुद्धको औषधि सबैले सेवन नगर्दा अभियानको प्रभावकारिता घटेको हो । उच्चेरिया बान्क्रोफ्टी नामक परजीवी लामखुट्टेको टोकाइको माध्यमबाट सर्ने हात्तीपाइले रोगबाट जिल्लामा अझै १ हजार ४ सय संक्रमित छन । 

नियमित औषधि सेवन गरेकालाई समेत हात्तीपाइले रोग भेटिएकाले विगत ७ वर्षदेखि सञ्चालन गरिएको अभियान प्रभावकारी नभएको हो । रोगीलाई टोकेको लामखुट्टेले निरोगी मान्छेलाई टोक्दा सर्ने हात्तीपाइले रोगको मुख्य स्रोत यिनै बिरामी हुन् । जान्ने बुझ्नेले नै औषधि सेवन नगर्दा बर्सेनि सञ्चालन गरिने अभियान प्रभावकारी नभएको हो । 

‘हाम्रा हात्तीपाइले विरुद्धका सातौं अभियानसम्म प्रभावकारी भएनन् । त्यसैले यो आठौं अभियानमा घर–घर पुगेर हरेकलाई प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारीमा छौं,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रोशन न्यौपानेले भने, ‘म्याग्दीजस्तो न्यून जनसंख्या भएको जिल्लामा १४ सय बिरामी भेटिनु समस्या हो । 

प्रकाशित : चैत्र २, २०७३ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?