कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्षमा बस्नेत

कान्तिपुर संवाददाता

दमक — नेपाल औषधि व्यवसायी संघ मेची अञ्चल शाखाको अध्यक्षमा नरेन्द्र बस्नेत (काजी) निर्वाचित भएका छन् । शनिबार सम्पन्न ११औं शाखा अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपाल औषधि व्यवसायी संघ मेची अञ्चल शाखाको अध्यक्षमा नरेन्द्र बस्नेत (काजी) निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न ११औं शाखा अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका प्रतिस्पर्धीहरु नरेन्द्रप्रसाद बराल र कञ्चन शर्मा खतिवडालाई पराजित गरे । आइतबार बिहान १ बजे सार्वजनिक मत परिणामअनुसार संघको उपाध्यक्षमा थोकतर्फ गौतम गुप्ता र खुद्रातर्फ सुरेन्द्र प्रधान निर्वाचित भए ।

महासचिवमा बासु दुलाल, सहसचिवमा समिर पोखरेल र उपकोषाध्यक्षमा ओमबहादुर खड्का निर्वाचित भए । संघको कोषाध्यक्षमा गौरीशंकर गुप्ता निर्विरोध निर्वाचित भएका थिए ।

संघको सदस्यमा सुरज खतिवडा, दिलमाया भट्टराई, विशेश्वरप्रसाद मिश्र, कृष्ण पौडेल, खेमराज काफ्ले र सूर्य घिमिरे निर्वाचित भएका निर्वाचत अधिकृत राजेन्द्र चम्लागाईले जानकारी दिए । कूल ४ सय २२ मतदाता रहेको संघको निर्वाचनमा ३ सय ६२ मत खसेको थियो ।

प्रकाशित : फाल्गुन ८, २०७३ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?