कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गैंडा मार्नेलाई १० वर्ष कैद

विमल खतिवडा

चितवन — जिल्ला अदालतले गैंडा मारेको अभियोगमा पक्राउ परेका कोराक ९ स्थित काली खोलाका राजकुमार प्रजा (चेपाङ) सहित ११ जनालाई थप सजाय तोकेको छ । अदालतले सोमबार उनीसहित १० लाई १५ वर्ष कैद सजाय सुनाएको हो ।

अर्का अभियुक्त पटिहानीका मिलन बोटेलाई ७ वर्ष कैद फैसला भएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले फैसला गरेको हो । सूचना अधिकारी कृष्णप्रसाद बरालले अदालतले गैंडा मार्ने, खाग काटने, ओसारपसार र बिक्री आरोपमा पक्राउ परेका मानबहादुर, थैली, पदमबहादुर, वीरबहादुर, दिलबहादुर भनिने राजकुमार प्रजा, दिल बोटे, सुरेन्द्र सिङदन र दिलबहादुर गुरुङलाई जनही १५/१५ वर्ष सजाय तोकेको बताए ।

‘२०७२ माघमा चितवन निकुञ्जबाट अदालतमा मुद्दा सरेर आएको थियो,’ बरालले भने, ‘अहिले फैसला भएको हो ।’ राजकुमार कुख्यात गैंडा तस्कर हुन् । उनलाई यसअघि चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको इजलासबाट १५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना फैसला भएको थियो ।

संविधान संशोधनपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ को दफा २६ को उपदफा (१) र (२) को मुद्दा अदालतले हेर्ने र त्यहींबाट फैसला हुने गरेको छ । ०७२ अघिसम्म उक्त उपदफाको मुद्दा निकुञ्जले हेर्दै आएको थियो । उनको नाममा निकुञ्जमा १९ वटा मुद्दा दर्ता छन् । ७ वटा मुद्दा फैसला भयो । अब १२ वटा मुद्दा अझै फैसला हुन बाँकी छन् । ‘मुद्दाको अंग पुगेपछि सबै टुंगो लाग्दै जाने छ,’ निकुञ्ज स्रोतले भन्यो ।

प्रजालाई ०७१ माघ १६ मा मलेसियाको प्रहरीले त्यहाँको वाङतिङ तेलोक सहरबाट पक्राउ गरेको थियो । कानुनी प्रक्रिया पूरा गरेर उनलाई २५ माघमा नेपाल ल्याई अनुसन्धान थालिएको थियो ।

अनुसन्धानबाट उनले निकुञ्ज र आसपास वन क्षेत्रभित्र २० वटा गैंडा मारेर खाग बिक्री गरेको खुलेको थियो । ५ वटा गैंडालाई गोली हानी घाइते बनाएको र २ वटा छुट्टै खाग बिक्री गरी पैसा बुझेको उनीबाट खुल्न आएको थियो । ‘राजकुमार नामुद गैंडा तस्कर हुन्,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने ।

प्रकाशित : असार १४, २०७३ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?