आपसी विवादमा साथीको हत्या

तेह्रथुम — खानेपानीको मुहान मर्मत गर्ने विषयमा आपसमा विवाद हुँदा तेह्रथुमको थोक्लुङ-३ का ३३ वर्षीय रमेश कन्दवाको आज बिहान हत्या भएको छ ।
खानेपानीको पाईप मर्मत गर्ने विषयमा भएको विवादमा ताप्लेजुङ साव्लाखुका ४५ वर्षीय पदम पन्धाकले टाउकोमा खुकुरी प्रहार गरी रमेशको हत्या गरेका हुन् ।
हिजो बेलुका ९ बजेर ३० बजे संक्रान्ति गाविसको मूलपानी स्थित मुहानमा खानेपानीको पाईप मर्मत गर्न जाँदा उनीहरुबीच विवाद भएको र पन्धाकले रमेशको टाउकोमा खुकुरी प्रहार गरेको प्रहरी नायव उपरीक्षक सुदीप राजभण्डारीले बताए ।
घाइते रमेशको पाँचथर जिल्ला अस्पतालमा उपचारको क्रममा आज बिहान ३ वजे मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने पन्धाक फरार रहेको र उसको खोजी तीब्र पारिएको प्रनाउ राजभण्डारीले बताए ।
प्रकाशित : फाल्गुन १७, २०७२ १२:१४