राप्रपा नेपाल धनुषाका अध्यक्षसहित अधिकांश पदाधिकारी रामसपामा प्रवेश

जनकपुर — राप्रपा नेपाल धनुषाका अध्यक्ष रितेशकुमार सिंहसहित अधिकांश जिल्ला पदाधिकारीहरु शरद्सिंह नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा सरकारमा सहभागी भए लगतै पार्टी परित्याग गरी मधेस हकहित मोर्चा गठन गरी मधेस आन्दोलनमा उत्रेका सिंह बुधवार एक समारोह बीच रामसपामा प्रवेश गरेका हुन् । उनिसंगै झण्डै ५०जना नयाँ पार्टीको सदस्यता लिएका थिए ।

रामसपाका अध्यक्ष शरदसिंह भण्डारीले उनिहरुलाई फूलमाला,अविर लगाई पार्टीको साधारण सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष भण्डारीले मधेसीहरुको मांग संवोधन नभए सम्म आन्दोलन जारी रहने बताए ।

रामसपा धनुषाका अध्यक्ष देवकृष्ण मण्डलको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमलाई नवप्रवेशी रितेश सिंह,समाजवादी विद्यार्थी संघका केन्दि्रय अध्यक्ष ज्ञानेन्द्रकुमार झा ज्ञानु,छात्र नेता भवेश मिश्र तथा उपाध्यक्ष सुमनकान्त ठाकुरलगायतका नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा पार्टीका केन्दि्रय प्रवक्ता केशव झासहित १०जना भन्दा अधिक केन्दि्रय सदस्य सहभागी थिए ।

 

प्रकाशित : पुस १५, २०७२ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?