'इन्धनका लागि राष्ट्रियता साटिदैंन'- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'इन्धनका लागि राष्ट्रियता साटिदैंन'

राजेन्द्र नाथ

नेपालगन्ज — उद्योगमन्त्री सोम पाण्डेले इन्धनका लागि राष्ट्रियता नसाटिने बताएका छन् । 'यो सरकारले मुलुकको अहित हुने कुनै सन्धि, सम्झौता गर्दैन,' शनिवार एमाले कार्यकर्तालाई आश्वस्त पार्दै उनले भने, 'इन्धनका लागि राष्ट्रिय अखण्डता र स्वाभिमान गिर्न दिदैनौं ।'


उद्योग बाणिज्य संघ नेपालगन्जको साधारण सभा उद्घाटन गर्न आएका मन्त्री पाण्डेले त्यसअघि एमाले पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका हुन् । एमाले केन्दि्रय सदस्य समेत रहेका पाण्डेले भारतले असल छिमेकीको भुमिका निर्वाह गर्नुपर्ने बताए । 'संबिधान संसोधन प्रक्रियाबाट मधेसी मोर्चाका जायज माग पुरा हुनेछन्,' उनले भने, 'तर, बिचलित भएर भारत जानु भएन । स्वदेशमै बार्ता र संबाद गर्नुपर्‍यो ।'
उनले समिति वा आयोगको सिफारिसमा सीमांकन बिबाद टुंगो लाग्ने र भूगोल तथा जनसंख्याको आधारमा मधेसमा निर्वाचन क्षेत्र हुने बताए ।

प्रकाशित : मंसिर १९, २०७२ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

मधेसवादीको दुई माग पूरा गरे मुलुकको अस्मिता संकटमा : गुरुङ

माधव अर्याल

पाल्पा — उनले मधेसवादीका ११ मागमध्ये अंगीकृत नागरिक मुख्य पदमा पुग्न पाउनेपर्ने र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग पूरा गर्न नहुने बताए ।

नेकपा (क्रान्तिकारी माओवादी) का नेता देव गुरुङले मधेसवादी दलको दुई माग पूरा गरे मुलुकको अस्मिता संकटमा पर्ने बताएका छन् ।

माओवादी जिल्लाले शनिबार राखेको पत्रकार भेटघाटमा बोल्दै गुरुङ्ले अङ्गीकृत नागरिकता पाउने जोकोही नेपालको मुख्य पदमा पुग्नुपर्ने माग पूरा गर्न नहुने बताए । ‘अंगीकृत नागरिकता पाउने भयो भने देशमा विदेशीको हस्तक्षेप बढ्नेछ,’ उनले भने, ‘त्यसपछि नेपालको अस्मिता समाप्त हुनेमा कुनै दुई मत छैन ।’

मेधशमा भारतसँगको खुल्ला सिमानाका कारणले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नहुने बताए । उनले भने, ‘मधेसमा खुल्ला सिमाना छ त्यहाँको नागरिकले सिमामा आवतजावतमा कुनै रोकतोक छैन ।’ जसले गर्दा नेपाली र भारतीय भन्ने छुट्याउने आधार नहुने उनले बताए । यसबाट नेपालको जनसङ्ख्या कति हो भन्ने निश्चित गर्न नसकिने उनले बताए ।

नेपाललाई नै एउटै निर्वाचन क्षेत्र बनाएर जातीय जनसंख्याको आधारमा पूर्ण समानुपाति प्रतिनिधित्व गर्दा उपयुक्त हुने नेता गुरुङ्गले बताए । ‘त्यसैले दुईवटा मागबाहेक अरु सबै मधेशवादी दलले राखेका जायज छ,’ उनले भने, ‘पूर्ण समानुपातिकले सबै क्षेत्रको मागलाई समेट्नेछ ।’ उनले एकीकृत माओवादीसंग तत्कालका लागि पार्टी एकता हुन सक्ने आधार तय नभइसकेको बताए ।

प्रकाशित : मंसिर १९, २०७२ १५:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×