२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ठगी आरोपमा पक्राउ

शाहीमान राई

खोटाङ — ठगी गरेको आरोपमा दिक्तेल नगरपालिका–७ का ३२ वर्षीय भीम राई पक्राउ परेका छन् । उनले नमस्ते नेपाल मल्टि प्रपोज कम्पनी खोलेर ६१ लाख ७७ हजार ठगेको आरोपमा मंगलबार पक्राउ गरि प्रहरीले बुधबार अदालतमा बुझाएको छ ।

जिल्लामा गुण्डागर्दी गरे गर्दै सर्वसाधारणलाई ठगि गरेकाले पक्राउ गरि कारबाही प्रक्रिया बढाइएको प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले बताए । राईले मोटरसाइकल लगायतका विभिन्न सामान चिट्ठा प्रणालीबाट दिने भन्दै सात सय दश जनालाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माझीले बताए ।

राईले छ महिनादेखि जिल्लामा चिट्ठा सञ्चालन गरे पनि माझी सरुवा भएर आउनसाथ पक्राउ परेका हुन् ।

प्रकाशित : भाद्र १६, २०७२ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?