३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डरको अघि बन्जी !

एक वर्षअघि नेपालकै एक माक्र महिला बन्जी त्रु बनेकी मीना डरलाई जित्न सिकाउाछिन् ।
विद्या राई

काठमाडौँ —  
सिन्धुपाल्चोक भोटेकोसीकी मीना श्रेष्ठ, २४ लाई ६ वर्षअघि ‘स्टोर किपर’ को काम पाउनु पनि ठूलो अवसर लाग्थ्यो  । उनी प्लस टु पढ्दै थिइन्  ।

डरको अघि बन्जी !

बाआमाका चार छोरी र एक छोरोमध्येकी कान्छी सन्तान उनी १४/१५ वर्षकै उमेरदेखि आत्मनिर्भर हुन चाहन्थिन् । ‘जब मैले घरव्यवहार बुझ्न थाले, आफैंले कमाएर पढ्छु, पकेट खर्च जुटाउँछु भन्ने सोच्थें,’ उनी सुनाउँछिन् । कामको खोजीमा भोटेकोसीकै ‘द लास्ट रिसोर्ट’ ले अवसर जुराइदिएको थियो ।


एक वर्षअघि भने उनले रिसोर्टमै पहिलो महिला ‘बन्जी क्रु’ बन्ने अवसर पाइन् । उनलाई रहर पनि थियो । तर, हिम्मत जुटाउन भने गाह्रो भयो । त्यसअघि भोटेकोसीमा एक पटक माक्रै बन्जी गरेकी थिइन् । त्रु बन्ने तालिमका क्रममा थुप्रै पटक बन्जी गर्नुपर्ने थाहा पाएपछि पछि हटिन् । ‘आँट गर्नै सकेकी थिइनँ, बन्जी मास्टर, अपरेटर दाइहरूले सम्झाएपछि अघि सरें,’ उनले सुनाइन् ।
स्टोरकिपर भएपछि झोलुंगे पुलमाथि दैनिक ५/६ चोटि ओहोर दोहोर गर्नैपर्थ्यो । पुलको हल्लाइ र भोटेकोसीको गहिराइ उनका लागि परिचित थिए । रिसोर्टकै वातावरणमा झ्यामिन पाएकाले उनलाई बन्जी क्रु बन्ने रहर पलाएको थियो । अहिले उनको दैनिकी यही पुलमाथि बित्छ ।


रिसोर्टमा बन्जी मास्टर, अपरेटर र क्रु जम्मा १० जना छन् । अन्य नौ जना पुरुष हुन् । उनी एक मात्र महिला । रिसोर्टमा दैनिक १५ देखि ९० जना बन्जी गर्न आउँछन् । उनीहरूलाई हार्नेस लगाइदिने, डोरी दिने, माथि उकाल्ने, हार्नेस फुकाइदिनेजस्ता सेफ्टीको काम मीनाले गर्छिन् । क्रु बन्नका तीन महिना तालिम लिइन् । अरूलाई बन्जी गराइरहे पनि सिक्ने क्रम भने बर्सेनि चलिरहन्छ । बन्जी क्रुपछि, बन्जी अपरेटर त्यसपछि मात्रै बन्जी मास्टर हुन पाइन्छ । उनलाई बन्जी मास्टर भोला श्रेष्ठले तालिम दिन्छन् । भोलाले रिसोर्टमा ११ वर्षदेखि बन्जी गराउँदै आएका छन् । अहिले पनि बन्जी गर्दा कतै न कतै डर लाग्छ । सुनाउँछिन्, ‘अलिकति पनि डर भएन भने एड्भेन्चर नै हुँदैन नि १’ बन्जीलाई साहसिक खेल मानिन्छ । बन्जी गर्नेको आत्मबल बढ्ने अनुभवीहरू सुनाउँछन् । मीना पनि बन्जी क्रुका रूपमा काम गर्दा साहसिक ‘फिल’ गर्छिन् । यसैलाई निरन्तरता दिने उनको सोच छ । नेपाली भाषाको ‘स्कुलिङ’ मा हुर्किए पनि रिसोर्टका आगन्तुकको संगतले हिन्दी र अंग्रेजी भाषा बोल्न सक्ने भएकी छन् । यसै पनि भोटेकोसीमा बन्जी गर्नेमा विदेशीको तुलनामा नेपाली नै बढी हुन्छन् ।


बन्जीको झोलुंगेपुलमा नपुगेको भए उनको संसार बेग्लै र आम हुन सक्थ्यो । ‘प्लस टु गरेर काठमाडौं पुगेको, कुनै व्यवसायमा अल्झेको वा विवाह भइसकेको हुनेथियो होला,’ उनले आफ्नै छुटेको बाटोबारे अनुमान गरिन् । महिलाले पनि साहसिक कार्य गरेको भनेर बन्जी गर्न आउने थुप्रैले उनलाई हौसला दिन्छन् । ‘यसले गर्दा अझ साहसिक बन्नुपर्छ भन्ने ऊर्जा दिन्छ मलाई,’ उनी भन्छिन् ।उनलाई लाग्छ, महिलाहरू साहसिक कार्य गर्न रुचि राख्छन् । बन्जी जम्प गर्न आउनेमा पनि महिला संख्या बढिरहेको छ । ‘चाहँदा असम्भव भन्ने काम केही हुँदैन रैछ, महिलाले पनि पुरुषसरह काम गर्न सकिने रैछ, साहस ठूलो कुरा रैछ,’ उनको अनुभवले भन्छ, ‘डरसँग जुधेर नै महिला अघि बढ्न सक्छन् ।’

प्रकाशित : फाल्गुन २४, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
हजार साङ्लाहरू

हजार साङ्लाहरू

फाल्गुन २४, २०७५
चिकित्सामा नेतृत्व

चिकित्सामा नेतृत्व

फाल्गुन २४, २०७५
प्रेरणाका तीन रूप

प्रेरणाका तीन रूप

फाल्गुन २४, २०७५
डरको अघि बन्जी !

डरको अघि बन्जी !

फाल्गुन २४, २०७५
नीति निर्माणमा

नीति निर्माणमा

फाल्गुन २४, २०७५
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?