कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सेकेन्ड ह्यान्डमा सरर...

नुमा थाम्सुहाङ

काठमाडौं, टोखाका आत्मज श्रेष्ठ स्कुटर चलाउँछन्  । तर, खाल्डाखुल्डी सडकमा स्कुटर चलाउन जोखिमपूर्ण भएकाले उनी कार किन्ने सोचाइमा छन्  ।

सेकेन्ड ह्यान्डमा सरर...

‘मैले लाइसेन्स लिएको धेरै भएको छैन । स्टेयरिङमा राम्ररी हात बसिनसकेकाले सेकेन्ड ह्यान्ड कार किन्न लागेको छु,’ उनले भने, ‘रिकन्डिसनको गाडी नयाँजस्तो नभए पनि नराम्रो हुँदैन । सस्तोमा पनि आउँछ ।’
दुईपांग्रे वा चारपांग्रे सवारी साधन आवश्यक परेका तर नयाँ लिने आर्थिक हैसियत नभएकाहरूका लागि सेकेन्ड ह्यान्ड सवारीको बजारले राहत दिएको छ । यसले गाडी चढ्न धेरैको रहर पनि पूरा गरिदिएको छ ।
रिकन्डिसनमा भएको सवारी साधन बिग्रिएको हुन्छ भन्ने सोच गलत रहेको सेकेन्ड ह्यान्ड सवारीका विक्रेताहरू बताउँछन् । ड्राइभिङ सेन्टरले पनि भर्खर सिकेकाहरूलाई प्रायः सेकेन्ड ह्यान्ड गाडी लिन सुझाव दिने गर्छन् । ‘पुरानो गाडीमा हात बसाएपछि नयाँ लिन्छु,’ आत्मजले भने ।
ललितपुरको बालकुमारीस्थित पशुपति कार सेन्टरका अशोक श्रेष्ठले नयाँ लिन नसक्ने अवस्था नभएका मानिसलाई लक्षित गरेर ९ वर्षदेखि सेकेन्ड ह्यान्ड कारको किनबेचमा लागेको बताए । ‘सबैले नयाँ गाडी लिन सक्दैनन्,’ उनी भन्छन्, ‘सेकेन्ड ह्यान्ड कार भने कम लागतमै लिन सकिन्छ । आफ्नो आवश्यकता पूरा हुन्छ ।’
अशोकले पुरानो गाडीलाई रिपेयर गरेर नयाँजस्तै बनाएर बेच्ने गरेको बताए । ‘नयाँ गाडी किनिसकेपछि चित्त नबुझेर बेच्दा धेरै घाटा बेहोर्नुपर्छ,’ उनले भने, ‘पुरानो गाडीमा थोरै दाम थपेर अर्को लिन सकिन्छ । पुरानो गाडी किन्दा ऋण पनि थोरै पर्छ ।’ पुराना गाडी ग्राहकहरू र डिलर सोरुमबाट लिने गरेको उनले बताए । ‘डिलरले आफ्ना ग्राहकसँग साटेर पुरानो गाडी लिन्छन् । ती गाडी हाम्रोमा आइपुग्छन्,’ उनले भने ।
अशोकले पुरानो गाडी लिँदा प्राविधिकलाई देखाउने गरेको बताए । ‘गाडीको इन्जिन, लुक्स, टायर, गियर, बिमाको कागजपत्र सबै हेरेपछि मात्र लिने गर्छौं । ठोकेको र पल्टेको गाडी लिँदैनौं,’ उनले भने, ‘रिकन्डिसनको गाडीमा हामीले धेरै मिहिनेत गरेका हुन्छौं । पुरानो गाडीलाई नयाँजस्तै बनाएर बिक्री गर्नुपर्छ । ग्राहकले गुनासो गर्ने बाटो राखेका हुँदैनौं ।’ अशोकले महिनामा १५ वटा गाडी बिक्री हुने र एउटा गाडीबाट २० हजारसम्म नाफा लिन सकिने बताए ।
अहिलेको समयमा हरेक व्यक्तिको चाहना मोटरसाइकल भएको छ । नयाँ मोटरसाइकल महँगो हुन्छ । यही समस्यालाई ख्याल गर्दै अन्जनकुमार श्रेष्ठले बानेश्वरमा १२ वर्षदेखि तेज अटो इन्टरप्राइजेज सञ्चालन गर्दै आएका छन् । ‘सेकेन्ड ह्यान्ड बाइक आवश्यक परेको हुन्छ तर सबैसँग नयाँ किन्ने क्षमता हुँदैन,’ उनले भने, ‘त्यस्ता ग्राहकलाई लक्षित गरेर यो सोरुम सुरु गरेको हो । पैसा नभएका ग्राहकलाई खुसी बनाउने हाम्रो लक्ष्य हो ।’
सेकेन्ड ह्यान्ड मोटरसाइकल भन्नासाथ बिग्रिएको हुन्छ भन्ने बुझाइ धेरैमा हुन्छ तर अञ्जन यो कुरा मान्दैनन् । ‘हामी बाइकको इन्जिन, चक्का, टायरलगायत सबै पाटर््स हेर्छौं,’ उनले भने, ‘कागजपत्र हेरेर र यातायात विभागबाट स्वीकृतिपत्र ल्याएपछि मात्र लिन्छौं ।’
आफ्नो आर्थिक अवस्थालाई हेरेर मानिसले सेकेन्ड मोटरसाइकल लिन्छन् । यस्तो मोटरसाइकल नयाँजस्तै देखिन्छन् । अञ्जनले सोरुमहरूबाट पुराना मोटरसाइकल ल्याइने गरेको बताए । ‘केहीले मात्र यहाँ ल्याएर बेच्छन्,’ उनले । अञ्जन महिनामा २० वटासम्म मोटरसाइकल बेच्छन् । ५ देखि ७ जनासम्म ग्राहक सेकेन्ड ह्यान्ड मोटरसाइकल बेच्नका लागि आउने गरेको उनले सुनाए । अनामनगरका राज जीसीले सेकेन्ड ह्यान्डकै सोरुमबाट किनेर मोटरसाइकल चलाइरहेको सुनाए । ‘सेकेन्ड ह्यान्डक मोटरसाइकल राम्रै हुन्छ,’ उनले भने, ‘अहिले दाइका लागि त्यस्तै मोटरसाइकल लिन खोजिरहेको छ,’ उनले भने । कुनै व्यक्तिबाट भन्दा रिकन्डिसनको सोरुमबाट मोटरसाइकल लिँदा सहज र विश्वासिलो हुने उनले बताए । ‘कम मूल्यमा आफूलाई मन परेको मोटरसाइकल लिन सकिन्छ । पैसा पनि बचत हुन्छ,’ उनले भने ।सेकेन्ड ह्यान्ड बजारले फेरी–फेरी सवारी साधन चढ्ने सोख भएकाहरूको पनि इच्छा पूरा गरिदिएको छ ।

प्रकाशित : भाद्र १०, २०७६ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?