काठमाडौँ — देशभित्र र बाहिर विदेशमा रोमिङ भएको बेला एनसेलका नम्बरमा सूचना पाउन सकिने भएको छ । एनसेलका अनुसार अब मोबाइल नम्बर ग्राहकले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटीपी), एसएमएसमार्फत आउने सूचना आफ्नो प्राप्त गर्न सकिनेछ ।
कम्पनीले सर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकलाई उनीहरूको प्रणालीमा एनसेलको ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ ।
एनसेलले आफ्ना ग्राहकलाई सुविधा विस्तारित गर्ने योजनाअनुरूप गत वर्षदेखि नयाँ नम्बर रेन्जमा मोबाइल नम्बर जारी गर्न थालेको जनाएको छ ।
‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या छैन,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।