काठमाडौँ — सानिमा बैंक र रिभर साइड स्प्रिङ्स रिसोर्टबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङमार्फत भुक्तानी प्रोत्साहन गर्न उक्त सम्झौता गरेको जनाएको छ । ग्राहकले सानिमा भिसा डेबिट तथा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिसोर्टमा उक्त छुट बैंकले जानकारी दिएको छ ।