२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

ई–सेवा मनी ट्रान्सफरको ‘रेमिट पर्व’ 

श्रावण ३१, २०८१
ई–सेवा मनी ट्रान्सफरको ‘रेमिट पर्व’ 

काठमाडौँ — ई–सेवा मनी ट्रान्सफरले ‘रेमिट पर्व’ योजना सार्वजनिक गरेको छ । यो योजना साउन ३० देखि एक महिनासम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । योजनाअन्तर्गत हरेक साता एक भाग्यशाली विजेताले २५ हजार प्राप्त गर्नेछन् ।

यसका लागि ग्राहकले विदेशबाट ई–सेवा वालेटमा न्यूनतम १० हजार रुपैयाँ बराबरको रेमिट पठाउनुपर्ने निमय रहेको ई–सेवाले जनाएको छ । रक्षाबन्धन, बुबाको मुख हेर्ने दिन र तीजको अवसर पारेर उक्त योजना ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।



प्रकाशित : श्रावण ३१, २०८१ ०६:५२
x
×