काठमाडौँ — भारतीय राजदुतावासले ७८ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र नातेदारलाई साँढे ५ करोड रूपैयाँ र कम्बल वितरण गरिएको छ ।
भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका नातेदारहरुलाई १२ करोड ५५ लाख रूपैयाँ भुक्तानी दिइएको दुतावासले जनाएको छ ।
आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी हुन् । दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गरेको छ । यसले दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।
प्रकाशित : श्रावण ३१, २०८१ १३:५१