कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बी एन्ड बी अस्पतालले सुरूवात गर्‍यो रोबोटिक शल्यक्रिया

श्रावण २९, २०८१
बी एन्ड बी अस्पतालले सुरूवात गर्‍यो रोबोटिक शल्यक्रिया

ललितपुर — ललितपुरस्थित रहेको बी एन्ड बी अस्पतालले रोबोटिक शल्यक्रियाको सुरूवात गरेको छ ।

उच्च प्रशिक्षित सर्जनहरूद्वारा सञ्चालित रोबोटिक प्रणालीले जटिल शल्यक्रियामा सटिकता र दक्षता सुनिश्चित गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालकाे दाबी छ ।

अस्पतालका प्रा.डा. जगदीशलाल वैद्यले नेपालमा रोबोटिक शल्यक्रिया गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘नेपालमा रोबोटिक शल्यक्रिया प्रदान गर्ने पहिलो अस्पताल हुन पाउँदा हामी उत्साहित छौं,’ उनले भने, ‘यो नवीन प्रविधि हाम्रा बिरामीहरूलाई विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्ने प्रतिबद्धतामा महत्वपूर्ण कदम हो ।’

रोबोटिक शल्यक्रियाले परम्परागत शल्यक्रियासँग सम्बन्धित जोखिम र रिकभरी समयलाई पनि कम गर्ने उनको भनाई छ ।

प्रकाशित : श्रावण २९, २०८१ १४:२०
x
×