काठमाडौँ — राइड सेयरिङ प्लेटफर्म उबरले फ्लिट सर्भिसमा एक लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ । युरो परल्याटिन अमेरिकाबाट सुरु हुने यो सेवाका लागि उबर र बीवाईडीले सम्झौतासमेत गरिसकेको बताइएको छ ।
दुई कम्पनीबीच उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्ने सम्झैता भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यी दुई कम्पनी मिलेर भविष्यमा अटोनोसम प्रविधिको विकास गर्ने र उबरले आफ्नो सर्भिसलाई क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा समेत विस्तार गर्ने बीवाईडीसँग सहमति गरेको विज्ञप्तिमा उल्लेख छ ।