कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

जगदम्बा मोटर्सको कन्टेन्ट प्रतियोगिता

श्रावण २८, २०८१
जगदम्बा मोटर्सको कन्टेन्ट प्रतियोगिता

काठमाडौँ — टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली सोसल मिडिया एप पोस्टामसँग सहकार्य गरी कन्टेन्ट प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगिता पोस्टामको प्लेटफर्ममा हुने आयोजकले जनाइएको छ ।

प्रतियोगितामा कन्टेन्टको क्वालिटी र इंगेजमेन्टका आधारमा उत्कृष्ट सय जना छनोट हुनेछन् । उत्कृष्ट सयलाई दुई कम्पनीले एन्टर्क स्कुटरद्वारा पुरस्कृत गर्ने जनाइएको छ । प्रतियोगिताका लागि पोस्टाम एपसँग साझेदारी गर्न पाउँदा उत्साहित रहेको टीभीएस नेपालकी प्रोडक्ट हेड करुणा पुडासैनीले बताइन् ।

प्रतियोगिताले कन्टेन्ट क्रिएसनलाई आफ्नो करिअर बनाउन सघाउने पोस्टमका प्रमुख कार्यकारी अधिकृत र सहसंस्थापक रोनिश दाहालले बताए ।

प्रकाशित : श्रावण २८, २०८१ ०५:४५
x
×