काठमाडौँ — कोका–कोला नेपालले ‘मेगा डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक उक्त अफरमा उपभोक्ताले दुई लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा १ सय ९९ रुपैयाँमा पाउनेछन् ।
साथै २.२५ लिटरको प्याक भने २ सय ५० रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले उपभोक्ताको सुविधाका लागि उक्त अफर ल्याएको बताएको छ । उपभोक्ताले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गर्दा उक्त अफर पाउनेछन् ।