कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प

श्रावण २८, २०८१
सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प

काठमाडौँ —  नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ‘निःशुल्क चेकजाँच क्याम्प’ सुरु गरेको छ । उक्त क्याम्पमा सिट्रोनका ग्राहकले गाडी पार्ट्समा १० र लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट पाउनेछन् ।

दुई चरणमा सञ्चालन हुने सिट्रोनको सर्भिस क्याम्प पहिलो चरणअन्तर्गत झापा, बिर्तामोडमा आइतबार र सोमबार सञ्चालन हुनेछ । यस्तै विराटनगरमा साउन २९, ३० र वीरगन्जमा साउन ३२ मा आयोजना हुनेछ ।

पोखरा, दाङ, बुटवल र नारायणगढमा हुने सर्भिस क्याम्पको दोस्रो चरणका लागि कम्पनीले चाँडै घोषणा गर्ने जनाएको छ ।


प्रकाशित : श्रावण २८, २०८१ ०५:४७
x
×