कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

औद्योगिक प्रशिक्षण प्रशिक्षार्थी कार्यक्रम र चौधरी फाउण्डेसनबीच सम्झौता

श्रावण २५, २०८१
औद्योगिक प्रशिक्षण प्रशिक्षार्थी कार्यक्रम र चौधरी फाउण्डेसनबीच सम्झौता

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) द्वारा सञ्चालित अप्रेन्टिसशिप कार्यक्रममा चौधरी फाउण्डेशन पनि जोडिने भएको छ । यस कार्यक्रम अन्तर्गत सीजी कर्प ग्लोबलले विभिन्न क्षेत्रमा सीपयुक्त प्राविधिक बनेका १०० युवाहरूलाई अप्रेन्टिसका रूपमा अवसर प्रदान गर्ने जनाएको छ ।


यस्ता क्षेत्रहरूमा होटल व्यवस्थापन, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ लगायतका क्षेत्रहरू समावेश छन् । अप्रेन्टिसशिप कार्यक्रम अन्तर्गत युवाहरूले कम्पनी प्रशिक्षकको सुपरिवेक्षणमा आफ्नो सीप निखार्ने अवसर पाउनेछन् । यसबाट उनीहरूले सीटीईभीटीद्वारा प्रदान गरिने प्रि–डिप्लोमा वा डिप्लोमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सहकार्य गर्ने सम्झौतापत्रमा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । इन्स्योर परियोजना नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहल हो । जसलाई संघीय स्तरमा सीटीईभीटी र प्रदेश स्तरमा शिक्षा सम्बन्धी मन्त्रालयहरूद्वारा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यान्वयन गरिँदैछ । स्विट्जरल्याण्डकी नेपालका लागि राजदूत डा. डानिएल म्युहली, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) का सदस्य सचिव महेश भट्टराई र हेल्भेटास नेपालका राष्ट्रिय निर्देशक डा. प्रविन मानन्धर पनि सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा उपस्थित थिए ।

यस सहयोगले शिक्षा र रोजगारका बिच रहेको खाडललाई पुरागर्न मद्दत गर्नेछ, र युवाहरूलाई आफ्ना करियरमा सफल हुन आवश्यक सीप र अवसरहरू प्रदान गर्नेछ' सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने ।

प्रकाशित : श्रावण २५, २०८१ १९:३३
x
×