कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भारतको सहयोगमा धुलिखेल अस्पतालमा वार्ड भवन 

श्रावण २४, २०८१
भारतको सहयोगमा धुलिखेल अस्पतालमा वार्ड भवन 

काठमाडौँ — भारत सरकारको सहयोगमा निर्मित धुलिखेल अस्पतालको वार्ड भवन उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत बनेको उक्त भवनको उद्घाटन बुधबार भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले गरे ।

काभ्रेस्थित रहेको धुलिखेल अस्पतालको वार्ड भवन कुल परियोजना लागत ४ अर्ब २६ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरेको भारतीय दूतावासले जनाएको छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो ।

यस परयोजनाको कार्यान्वयन धुलिखेल नगरपालिकामार्फत गरिएको थियो । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्त्वपूर्ण उदाहरण रहेको दूतावासले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । नवनिर्मित वार्ड भवनले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास अस्पतालले लिएको जनाएको छ ।


प्रकाशित : श्रावण २४, २०८१ ०६:०५
x
×