काठमाडौँ — नेपाल एसबीआई बैंकले बाग्लुङस्थित कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।
बिहीबार एक समारोहकाबीच बैंकले मन्दिरलाई सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख रुपैयाँ सहयोग गरेको जनाएकाे छ ।
कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार डेले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई सहयोगको रकम हस्तान्तरण गरे ।
साथै बैंकले बाग्लुङ नगरपालिका २, लालिगुराँस चोकमा अवस्थित शाखालाई सोही नगरपालिकाको वडा ३, हलन चोकमा स्थानान्तरण गरेको छ । यसैगरी बैंकले पोखरा महानगरपालिका ८, सभागृह चोकमा अवस्थित सृजना चोक शाखा सोही परिसरमा स्थानान्तर गरी सेवा सुरू गरेको जानकारी दिएकाे छ ।
प्रकाशित : श्रावण १८, २०८१ १७:१३