काठमाडौँ — प्रभु बैंकले झापाको कनकाई नगरापालिका ७ मा दुर्गापुर शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको झापामा दुर्गापुर शाखा पाँचौं शाखा कार्यालय रहेको जनाएकाे छ । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरे ।
बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले दुर्गापुर क्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।
उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बैंकलाई सफलताको शुभकामना व्यक्त गरिन् ।
प्रकाशित : श्रावण १८, २०८१ १८:०८