कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

काठमाडौँ — एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक चलाउन सम्झौता गरेका छन् ।

एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

एनसेलले मेटासँगको सहकार्यमा मंगलबारदेखि लागू हुने गरी दुई प्रोडक्ट ‘फेसबुक बेसिक मोड’ र ‘डिस्कभर’ सञ्चालनमा ल्याएको हो । विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो सहज हुने कम्पनीको दाबी छ ।

कम्पनीको अनुसार डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिनेछ भने फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुकमा पहुँचको सुविधा पाउनेछन् ।


प्रकाशित : असार २७, २०८१ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×