कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अटोमोबाइलमा लगानी सहजीकरण गर्न नाडाको सुझाव 

काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पेट्रोल, डिजेल र विद्युतीय गाडीमा लगानी सहजीकरण गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नाडाले निजी तथा व्यावसायिक प्रयोजनका सवारीसाधनलाई स्पष्ट रूपमा छुट्याई सोही अनुरूप बैंकको लगानीमा सहज भूमिका निर्वाह गरिदिन सुझाएको हो ।

अटोमोबाइलमा लगानी सहजीकरण गर्न नाडाको सुझाव 

मंगलबार नाडाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव दिन राखेको पत्रकार सम्मेलनमा अटोमोबाइल क्षेत्रको विद्यमान समस्यालाई सम्बोधन गर्न आग्रह गरेको छ । देशको आर्थिक सुस्तताले अटोमोबाइलको बजार ६८ प्रतिशत गिरावट देखिएको नाडा अध्यक्ष करण चौधरीले बताए ।

‘अहिले अटोमोबाइल मैत्री मौद्रिक नीतिको आवश्यकता छ,’ उनले भने, ‘विद्युतीय सवारी साधनमात्र नभई अटोमोबाइल क्षेत्रसँग सम्बन्धित व्यवसायलाई हित हुने नीति नल्याए व्यवसायी पलायन हुनुबाहेक केही विकल्प रहने छैन ।’

नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैंकहरूबाट हायर पर्चेस लोन प्रवाह गर्ने प्रक्रियामा कर्जाको मूल्य दर (लोन टु भ्यालु रेसियो) लाई बढाएर ७५ प्रतिशत पुर्‍याउनुपर्ने सुझाव दिएको छ । कालो सूचीमा परेका व्यक्तिले पनि अन्य बैंकबाट आफ्नो कारोबार गरिरहेको देखिएकाले राष्ट्र बैंकले यसमा कडाइसाथ नियमन गर्नुपर्ने नाडाको सुझाव छ ।

प्रकाशित : असार २७, २०८१ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×