कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

वर्ल्डलिंकको ‘बिट द स्पिड’ को विजेता बने जैसवाल 

काठमाडौँ — वर्ल्डलिंक कम्युनिकेसन्सले नेपाल क्रिकेट संघ (क्यान) को सहकार्यमा ‘बिट द स्पीड’ अभियान सम्पन्न गरेको छ । दुई महिना सञ्चालन गरिएको यो अभियानमा वर्ल्डलिंक र क्यानले देशका १९ सहरमा तीव्र गतिको बलरको प्रतिभा पत्ता लगाउने र उनीहरूको क्षमता विकास गर्न उद्देश्य राखेको थियो ।

वर्ल्डलिंकको ‘बिट द स्पिड’ को विजेता बने जैसवाल 

जसमा प्रदीप जैसवालले १२५ किमि प्रतिघण्टाको कीर्तिमान राख्दै प्रतियोगिताको विजेता बने । यो अभियान गत वैशाख २१ देखि सञ्चालनमा थियो ।

वर्ल्डलिंक र क्यानले सात जना खेलाडीलाई काठमाडौंमा दोस्रो चरणको प्रतिस्पर्धाका लागि ल्याएका थिए । ती खेलाडीले नेपाल ए टिमका मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्ल र बलिङ प्रशिक्षक कलाम अलीको निर्देशनमा त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विशेष प्रशिक्षण प्राप्त गरेका थिए ।





प्रकाशित : असार २७, २०८१ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×